Section 42
सेवा शुल्क
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकलाई दूरसञ्चार सेवा उपलब्ध गराए बापत सेवा शुल्क लगाउन र असुल गर्न सक्नेछः–
तर
(क) त्यस्तो सेवा शुल्कको दर प्राधिकरणबाट स्वीकृत भएको हुनु पर्नेछ ।
(ख) त्यस्तो सेवा शुल्कको दर प्राधिकरणले निर्देश गरे बमोजिम प्रकाशन गरेको हुनु पर्नेछ ।
(ग) त्यस्तो सेवा शुल्कको दर उचित र मनासिब हुनु पर्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले सेवा शुल्कको दरको सूची प्राधिकरणले जारी गरेको तत्सम्बन्धी निर्देशिकाको आधारमा तयार गरी सो सूची लागू हुने दिन समेत उल्लेख गरी त्यसको कम्तीमा तीन महिना अगावै स्वीकृतिको लागि प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ ।
(३) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले प्रदान गरेको दूरसञ्चार सेवाको शुल्क तथा अन्य शर्तको सम्बन्धमा अनुचित रुपमा भेदभाव गर्न वा आफू समेत कुनै व्यक्तिलाई अनुचित प्राथमिकता दिन वा कुनै व्यक्तिलाई अनुचित नोक्सानीमा पार्न हुँदैन ।